साहित्यकार मन्दिरा मधुश्रीको गजल सङ्ग्रह ‘मधुराग’ लोकार्पण भएको छ ।
हंशबाहिनी फिल्मस् प्रोडक्सनको आयोजनामा आयोजित दुई दिने इटहरी काव्य महोत्सवमा प्रदेश नम्बर -१ का प्रदेश प्रमुख गोबिन्द तुम्बाहामले ‘मधुराग’ को लोकार्पण गर्नु भएको हो ।
गजलको लोकार्पणपछि कवि मनु मञ्जिलले कृतिको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
गजल सङ्ग्रह ‘मधुराग’ मधुश्रीको दोस्रो साहित्यिक कृति हो । दुई दशकदेखि निरन्तर नेपाली साहित्यमा कलम चलाउँदै आउनुभएकी मधुश्रीको तीन वर्षअघि ‘बुधनको घोडी’ नामक कथा सङ्ग्रह समेत प्रकाशित छ ।
देशप्रेमका साथै प्रेमील र शास्त्रीय भावका गजलहरू गायन शैलीमा रहेको सर्जक मधुश्रीको भनाइ छ ।
६८ गजल सङ्ग्रहित ‘मधुराग’ को मूल्य १ सय पचास रुपैयाँ रहेको छ ।