Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कठै हजारौं निर्मलाको अस्मिता लुटिएको छ -अप्सरा सुनार

कठै हजारौं निर्मलाको अस्मिता लुटिएको छ -अप्सरा सुनार

सतीश चापागाईं

१३, आषाढ २०७६
images
  मुक्तक -१ अाँखामा अाऊ दिलमा अाऊ अधरमा अाऊ मायाको मुटु बोकेर प्रेमको सफरमा अाऊ प्रिय तिम्रै अागमनको स्वागत गर्न बसेकी म मुटुमै राजधानी बनाइ प्रेमको शहरमा अाऊ । मुक्तक -२ फूल कहिले यहाँ हजुर चरी हुन पाइने जमाना यस्तै छ राम नि हरी हुन पाइने अाफ्नु त नाउँ पनि अति सुन्दर हजुर कहिले अप्सरा कहिले परी हुन पाइने । मुक्तक -३ बाइबल कैदी बन्यो यहाँ गीता लुटिएको छ डर लाग्छ गजल काहीं कविता लुटिएको छ महिला राष्ट्रपति रे देशको भएर के भयो खै ? कठै हजारौं निर्मलाको अस्मिता लुटिएको छ । मुक्तक -४ तारिफ सबैले गर्छन् र त अाफ्नै मुस्कान प्यारो लाग्छ दिए पनि त प्यार पोल्टाभरी एक घान प्यारो लाग्छ कोइली झै स्वर छ रे प्रभुले फुर्सदमा बनाए रे मलाई मुस्कान भर्दै बोल्नु न भन्ने अाह्वान प्यारो लाग्छ । मुक्तक -५ कलम अनि त्यो शब्द बिहानीमा बेचिनुपर्छ भोलिको त के कुरा जवानीमा बेचिनुपर्छ मरुभूमिमा पसिना बेच्ने साइला दाई भन्छन् धेरै पढेर के गर्ने बाबू राहदानीमा बेचिनुपर्छ । - थाक्रे -१०, धादिङ । (✍️ -अप्सरा सुनारका यी मुक्तकहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १३, २०७६ शुक्रवार - १८:२७:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend