Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल - कृष्ण न्यौपाने

गजल - कृष्ण न्यौपाने

सतीश चापागाईं

१३, आषाढ २०७६
images
  बाबाले अन्माउनुभयो, आगन पोलेर । आमा रूँदै होलिन् पिडीमा, मन पोलेर । प्रेमीलाई तन-मन जोवन, दिएर पनि, आखिरमा अन्मिएँ उनैको, वचन पोलेर । तिमीले धोखेबाज़ ठान्यौ, होला प्रियतम, तिम्रो बन्न सकिन आफ्ना, सज्जन पोलेर । सामाजिक उल्झनमा, यति जेलिएँ कि, चाहेर पनि ऊम्कनै सकिन, बन्धन पोलेर। न तिम्रो ️हुन सकेँ, न उनको हुन सकेँ, बसेकी छु यहाँ आफ्नै मन, दनदन पोलेर । भरतपुर न. पा.- ९ वसन्तचोक, चितवन । (✍️ कृष्ण न्यौपानेको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १३, २०७६ शुक्रवार - १८:३८:०८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend