Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -मुना धनन्जय

गजल -मुना धनन्जय

सतीश चापागाईं

१५, आषाढ २०७६
images
देशमै सेवा गर्ने रहर नभएको कहाँ हो र देशकै निम्ति मर्ने रहर नभएको कहाँ हो र आफ्नो रगत पसिनालाई आफ्नै देशमा लगाएर माटो सिँचित पार्ने रहर नभएको कहाँ हो र नयाँ नयाँ सिप अनि सृजनालाई बटुलेर देशको मुहार फेर्ने रहर नभएको कहाँ हो र उन्नतिका बीजहरू देश भित्रै उमारेर आफ्नै देशमा सार्ने रहर नभएको कहाँ हो र सम्पन्न भै हाँसीखुसी आपस्तमा रमाएर समृद्ध देश हेर्ने रहर नभएको कहाँ हो र ? गैडाकोट, नवलपरासी

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - ०८:३९:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend