Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल - प्रकृति प्रेमी

गजल - प्रकृति प्रेमी

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  लेखून दिव्य नारा मेरै सिर्जनाले । हटोस् रात सारा मेरै सिर्जनाले ।१। ममा राग भर्थिन् सधैं यही धराले । तिरें आज भारा मेरै सिर्जनाले ।२। तिमी चाह राखे, तिमी अाश राखे । खसालूँ म तारा मेरै सिर्जनाले ।३। बनेदेखि अाफन्त वैरी समाज । छ चल्दै गुजारा मेरै सिर्जनाले ।४। कुनै भाव प्रेमील म सक्थिन पोख्न । भेटाए किनारा मेरै सिर्जनाले ।५। कलाकुञ्ज, चितवन । (✍️ - प्रकृति प्रेमीको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com.nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - ०९:३०:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend