Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गायक पाठक र गायिका घिमिरेको कार किन्देउ किन्ने भा तीजगीत (भिडियो सहित )

गायक पाठक र गायिका घिमिरेको कार किन्देउ किन्ने भा तीजगीत (भिडियो सहित )

सतीश चापागाईं

४, भाद्र २०७५
images
काठमाण्डौं, गायक तथा पत्रकार रामप्रसाद पाठक र मञ्जु घिमिरेको संयुक्त प्रश्तुतिमा यस वर्षको पृथक शैलीमा तयार भएको तिजगीत कार किन्देउ किन्ने भा गत श्रावण ३१ विहिवारदेखि औपचारिक रुपमा सार्वजनिक भएको छ । नमुना नेपाल युट्युव च्यानले वजार व्यावस्थापन गरेको यो गीत अति नै मौलिक र सामाजिक सन्दर्भलाई समेत समेटिएको छ । समाजमा वर्गिय भिननता रहेको छ एउटा वर्गको मान्छेले अर्को वर्गको मान्छेलाई आफ्नो सम्पति ,गरगहना रगाडीको रवाफ देखाउने गरेको र फलस्वरुप तलले वर्गको मान्छेमा नकारात्मक प्रभाव पर्ने रत्यसले पारिवारिक कलहका साथै वेमेलको अवस्था समेत सृजना हुने सामाजिक यथार्थताई यहाँ देखाउन खोजिएको छ । गायन र पत्रकारिता पेशालाई सँगसँगै अगाडी वढाउदै आएका गायक तथा पत्रकार रामप्रसाद पाठकको लय तथा शव्द संकलनमा तयार भएको यो तीजगीतमा रामप्रसाद पाठक, राधिका हमाल र मञ्जु घिमिरेको स्वर रहेको छ भने यस गीतको संगीत संयोजन लक्षुप्रकाश मल्लले गरेका हुन । यस्तै मनोज डंगोलले रेर्कड गरेका हुन् भने जिवन वडुले मिक्सिकङ गरेका हुन् । काभ्रेको वनेपा नगरपालिका वडा नं.२ घिमिरे गाउँ र गीरी गाउँमा यस गीतको म्युजिक भिडियोको छायाङकन भएको हो । राजधानीदेखि नजिकैको दुरीमा रहे पनि राज्यले दिनु पने विकाशको सेवा सुविधाबाट वञ्चित रहेको यो अति नै रमणिय गाउँमा भएको यो तीजगीतको छायाङ्कनको निर्देशन गायक स्वयं पाठकले गरेका हुन भने यस गीतमा गायक रामप्रसाद पाठक, शुसिला निरौला विम्ली, गायिका मञ्जु घिमिरे, नमराज घिमिरे, शम्भु घिमिरे लगायतका कलाकारको अति नै सशक्त अभिनय देख्न सकिन्छ । यो म्युजिक भिडियोलाई रामकृष्ण कंडेलले खिचेका हुन् । गायक पाठक साइकल चलाएर आफी वुढीलाई माइत लैजाने एउटा संघर्षशिल गाउले लोग्ने मान्छेको प्रतिनिधीे पात्र जो आफनो जिवन सधै भरि घाँस दाउरा , गोठ ,भैसीमै विताएको रुपमा उभिएका छन् भने विम्ली शुसिला निम्न परिवारको स्वास्नी मान्छे जसले अरुको देखासिकी गरेर आफ्नो सोझो पतिलाई वेला वेलामा ठूलठूलो माग प्रश्तुत गरेकी एउटी गाउले नक्कली महिला पात्रको रुपमा उभिएकी छिन् । बजारमा एउटै किसिमका र बिकृति र विसँगती भित्रयाउने किसिमका तीजगीतहरुको भिडमा एउटा सामाजिक यथार्थता र अलिकति भए पनि रोमाण्टिक किसिमको स्वाद वोकेको यो तीजगीत अवश्य पनि सवैले एकचोटी हेर्नै पर्ने बनेको छ । https://www.youtube.com/watch?v=cE3RPpwTWC0

images
प्रकाशित मिति :भाद्र ४, २०७५ सोमवार - ०७:४०:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend