Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कुशको औँठी (लघुकथा) -सुधीर कुमार 'सुमन'

कुशको औँठी (लघुकथा) -सुधीर कुमार 'सुमन'

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  "हाम्रो लप स्टोरी चलेको त चार बर्ष भैसक्यो नि" ऊ मलाई गर्वका साथ सुनाउने गर्थ्यो । गाउँ मा मलाई मात्र होइन प्राय हाम्रो सहपाठी सबैलाई उनीहरू को इलु इलु को बारे मा थाहा थियो । चिटिक्क मिलेको जोडी राम-सीता जस्तै देखिन्थे । धेरै चोटी घाँस काट्न जाँदा खरबारीमा उनीहरूको डेटिङ्गको साक्षी बनेको थिएँ म । शनिबार प्राय : फिल्म हलको कुनाको सिटमा भेटिन्थे । कति चोटी त होटलको ढोकाबाट निस्किदै गर्दा रङ्गे हात समातेको थिएँ मैले उनीहरू लाई । यसपाली म खाडीबाट फर्कँदा अर्को दुई बर्ष बितिसकेको थियो । गाउँ उस्तै थियो । खरबारी उस्तै थियो । " अहिले त तेरो त्यो शुष्मासँग बिहे भैसक्यो होला है ? कि अझै इलु इलुमा नै व्यस्त छस ?" भेट हुनासाथ मैले उसलाई जिस्काउँदै सोधेँ । "त्यो निष्ठुरीको पनि के कुरा गर्नु यार ! तँ उता गएकै साल एउटा युरोपको पि आर वालाले उडाइहाल्यो नि त्यसलाई त !" उसले दु:खित हुँदै भन्यो । मैले व्यङ्ग्य गर्दै भनेँ - " ए भनेसी त तँलाई कुश कै औँठी बनाएर गैछे है त्यसले ! कार्जे भैन्जेल अति महत्वपूर्ण धारण गरिराख्नु पर्ने । कार्जे सकिएसी लगाएर हिँड्न नमिल्ने ।" - लमजुङ गाउँशहर । (✍️ सुधीर कुमार 'सुमन' को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - ०९:४२:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend