Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

तर जेहोस्, ती पीडाले जिन्दगीभर सताउँछन् - रेहित सैजु (५ मुक्तकहरू)

तर जेहोस्, ती पीडाले जिन्दगीभर सताउँछन् - रेहित सैजु (५ मुक्तकहरू)

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  मुक्तक -१ अचेल त जिन्दगी कस्तो कस्तो लाग्छ कहिले काँडा अनि फूल जस्तो लाग्छ सबै जना आउँछन् हेर्छन् अनि जान्छन् त्यसैले यसको मोल साह्रै सस्तो लाग्छ । मुक्तक -२ नचाहिँदो बेलामा यस्तो रहर जाग्दछ मलाई त यार जिन्दगी यस्तै नै लाग्दछ प्रतीक्षाको फल मीठो हुन्छ भन्छन् सबै तर खै समय त सधै मबाट पो भाग्दछ । मुक्तक -३ खै कस्ता हुन् मान्छे बानी थरीथरी गर्न पाए नाइ नभनी गर्छन् मनपरी चिन्ता लाग्छ साह्रै यस्तो रुप देख्दा खै कसरी खुसी हुन्छन् जिन्दगीभरी । मुक्तक -४ तीखा छन् तिम्रा याद काँडा बनी बिझाउँछन् मुटु पोली चस्किदिँदा यी आँखाहरू रसाउँछन् थाहा छैन यस्तो पीडा कहिलेसम्म भोग्छु म तर जे होस् ती पीडाले जिन्दगीभर सताउँछन् । मुक्तक -५ पलपल मरेर बाँचेको छु मैले र पनि जीवन साँचेको छु मैले धेरै दिएँ परीक्षा जिन्दगीको उत्तर आफैले जाँचेको छु मैले । दोरम्बा गा. पा. - ५ गुन्सल, रामेछाप । (✍️- रेहित सैजुका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - १०:०४:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend