Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

तूफान बीच एउटा भाव (कविता) -शोभी लोरूङ

तूफान बीच एउटा भाव (कविता) -शोभी लोरूङ

सतीश चापागाईं

१५, आषाढ २०७६
images
मनभित्रको मुटुमा लुकेको एउटा गतिलो तूफान जो आइरहेछ मनहरूको त्रास जो अहिले नै कम्पनहरूको अनुभव जो लग-लग कामीरहेछ भित्री आत्मा सम्पूर्ण जिन्दगी नै तहस=नहस पार्ने हो कि ? न त मैले नै त्यो समयको कुराइ बीच त्यो मनको अनेकौं पीडा सहेर पछाडि दिने ? हो यस्तो जाबो तूफानलाई हिम्मत त हारिया छैन बीचको पराइ वस्तुहरूले मनभित्रको अाँखाले देखेको एउटा भ्रम मात्रै हो कि ? नत्र किन दौडिन्छ सयभन्दा बढी यो मन तितो सत्य झल्कन्छ यो बीच एउटा गहिरो अनुभव, जस्तो तूफान आए पनि अब झुक्नेछैन यो मन तन पहिला लाग्थ्यो जिन्दगीलाई कसरी पार, बस समयले चोट दिए मलम पनि दिने जिन्दगीको राज जति जिन्दगी बीच डुबे पनि केही हुन्न एउटा सबक केवल हाँसोको पात्र मात्रै कति सुन्दर छ है जीवन किन फल बिनाको बोट झै जिउनू ? जति पनि थियो मनभित्र तूफान आज समुन्द्रमा नै सबै सेलाइदिएँ । – मिरिक बजार, दार्जिलिङ भारत । (✍️- शोभी लोरूङको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - १०:१९:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend