Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - शर्मिला श्रेष्ठ

गजल - शर्मिला श्रेष्ठ

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  जिन्दगी काट्ने बहानामा प्यार गरेका रहेछौ विना अर्थमै किन इन्तजार गरेका रहेछौ ? एकापसमा आत्मीयता नभै कसरी स्विकार्नु र ? फेरि देउराली भाकी पुकार गरेका रहेछौ । जीवनभर साथको लागि परख गर्नु थियो गहिरो सोचबिना नै हतार गरेका रहेछौ । माया छ भने लगाव, धैर्यता अवस्य हुनुपर्छ अस्विकारमा टाढा जाने विचार गरेका रहेछौ । सुन्छु तिम्रो मन मुटुमा शर्मिला बसेकी छे रे दुई डुङ्गामा खुट्टा राखी विहार गरेका रहेछौ । – ललितपुर, भैंसेपाटी हाल : परदेश । (✍️- शर्मिला श्रेष्ठको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - १०:२५:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend