Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

यात्रा (कविता) - मोहन खड्का 'प्यासी'

यात्रा (कविता) - मोहन खड्का 'प्यासी'

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  यात्रा अनेकौं गरेँ मैले जीवनमा कुनै रहरमा गरेँ कुनै शहरमा गरेँ कुनै भीडमा गरेँ कुनै एकान्तमा सबै सबै अनिश्चित भए । कहिले बगरमा गरेँ कहिले दगरमा गरेँ कहिले हाँसोमा गरेँ कहिले चासोमा गरेँ सबै सबै अधुरा भए । कुनै तिरमा गरेँ कुनै पिरमा गरेँ कुनै शिरमा गरेँ कुनै भिरमा गरेँ सबै सबै अर्थहिन भए । कहिले ओरालोमा गरेँ कहिले उकालोमा गरेँ कहिले घुम्तीमा गरेँ कहिले मोडमा गरेँ कहिले पहरामा गरेँ कहिले छहरामा गरेँ सबै सबै अपुरा नै भए । कुनै अक्करमा गरेँ कुनै ठक्करमा गरेँ कुनै चक्करमा गरेँ कुनै टक्करमा गरेँ सबै सबै बेहिसाब भए । कतै लेकमा गरेँ कतै बेसीमा गरेँ कतै खोँचमा गरेँ कतै सोँचमा गरेँ सबै सबै निष्फल नै भए । तैपनि हिँडिरहेछु निरन्तर गन्तव्यबिहिन यात्री बनेर दिलमा ऎना राखेर झरनामा पुष्प खोज्दै मान्छेहरूको बिचबाट एकोहोरो पाइला चाल्दै बिना प्राप्तिको खल्लो यात्रा एक्लो विरही बनेर लागि रहेछु यात्रामा । अनिश्चित यात्रामा । अस्तु - चानुवा गा. पा.-३ नाम्फु, धनकुटा । (✍️- मोहन खड्का 'प्यासी'को यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - १०:०८:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend