Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

धनसँग नै नाता गाँस्ने कस्तो मान्छे पनि - खिमु काउचा सिम्पल (५ मुक्तकहरू )

धनसँग नै नाता गाँस्ने कस्तो मान्छे पनि - खिमु काउचा सिम्पल (५ मुक्तकहरू )

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  मुक्तक - १ सुन्छु मैले खासखुस बदनाम भएछौँ मायामा नि खुवाइ घुस बदनाम भएछौँ यो शहरमा नारीले इज्जत लुट्न थाले त्यसकारण अचेल पुरुष बदनाम भएछौँ ! मुक्तक - २ देशमा दाजुभाई बीचमा युद्ध देखियो 'भ्रष्टाचारी' पनि भ्रष्टाचार विरुद्ध देखियो मैले भगवानसँग परिक्षण गरेको थिएँ घुस लिएर बाँच्नुपर्ने यहाँ बुद्ध देखियो ! मुक्तक - ३ गर्न परेपछि काम नाटक गर्छन् हुन्छ भनी बदनाम नाटक गर्छन् स्त्री लम्पट देख्दा छक्क पर्छु म त रावण नि बन्दै राम नाटक गर्छन् !! मुक्तक - ४ खोजे भेटिएला मै जस्तो मान्छे पनि यो संसारमा कत्ति सस्तो मान्छे पनि पैसाको कारण बोल्दैनन् कोही-कोही धनसँग नै नाता गाँस्ने कस्तो मान्छे पनि । मुक्तक - ५ सबको मन छोएर दिलसम्म पुग्नु छ यसरी मलाई महफिलसम्म पुग्नु छ पठाउनुछ झुटो माया गर्नेलाई कारागार धोखाको केशमा वकिलसम्म पुग्नु छ !! बडीगाड गाउँपालिका -१ बाग्लुङ्ग, गण्डकी प्रदेश । हाल : मलेसिया (✍️-खिमु काउचा सिम्पलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - १०:१३:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend