Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आफ्नै देशको सुरक्षार्थ सबै मिलेर खट्नुपर्छ अब -निर्मला योञ्जन 'शब्द परी'

आफ्नै देशको सुरक्षार्थ सबै मिलेर खट्नुपर्छ अब -निर्मला योञ्जन 'शब्द परी'

सतीश चापागाईं

१५, आषाढ २०७६
images
  मुक्तक -१ हाम्रो देशको रक्षा गर्न म आफै अघि बढ्नुपर्छ अब सीमानाका शत्रुहरूसित कम्मर कसी लड्नुपर्छ अब परदेशमा अरूको दास बनिनुभन्दा स्वावलम्बी भई आफ्नै देशको सुरक्षार्थ सबै मिलेर खट्नुपर्छ अब । मुक्तक -२ अँध्यारोमा बत्ती बालेर उज्यालो छाउने पनि हामी युवा त्यो ठाउँमा अन्याय गर्नेहरुलाई ढलाउने पनि हामी युवा हो गरिबीमा अनि सबैको हेलामा बस्ने मान्छे हिजो उनी तर आज उनी स्वतन्त्रले बाँचेर नचाउने पनि हामी युवा । मुक्तक -३ पैसाकै लागि मर्ने स्वार्थी मानिस मात्र पनि छ यहाँ पैसाकै लागि हत्ते हाल्ने लक्ष्मीका पात्र पनि छ यहाँ जिन्दगीको अर्थ बुझ्न नसक्ने अबुझीको के कुरा ? तर बुझ्ने र जान्नेहरूको लागि शास्त्र पनि छ यहाँ । मुक्तक -४ हात जोडेर जान्न म त्यस्तो निच मान्छेको घरमा दास बन्न आफ्नोलाई पराई सम्झेर पराईलाई आफ्नो भनी सास बन्न बरु जस्तो छ त्यस्तै खान्छु, र लाउँछु आफ्नै घरमा म हेर, तर मरे जाँदिन म त्यो घटियाको घरमा बिचल्ली लाश बन्न । मुक्तक -५ नौ नौ महिना गर्भमा जोगाई ख्याल राख्ने पनि मेरी आमा ! भोक प्यास लाग्दा खेरि खानेकुरा माग्ने पनि मेरी आमा ! माया त मलाई सबैले गर्ने गर्छन् हो साँच्चै आमाले जति, कसैले गर्दैनन् जाडोमा सिरकले ढाक्ने पनि मेरी आमा ! सुनकोसी गा.पा.-४ सिन्धुली (✍️ निर्मला योञ्जन 'शब्द परी' का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - १०:४६:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend