Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल -कृष्ण शर्मा 'आँसु'

गजल -कृष्ण शर्मा 'आँसु'

सतीश चापागाईं

१५, आषाढ २०७६
images
अनेकौं सपनाहरू सजिएको जिन्दगानी बोकेर। शहर पसेको हुँ म कल्कलाउँदो जवानी बोकेर । निदाउन फिटिक्कै मान्दैनन् यी आँखा प्रवासमा, कैयौं बर्ष बितेछ चन्द्र-सूर्यको निशानी बोकेर। एउटा दृष्टिविहीन सडक छेउ सारङ्गी रेट्दै थियो, आएको रैछ सुनाउन सबै आफ्नो कहानी बोकेर । भ्रष्ट नेताहरू र दक्ष जनशक्तिको अभावले गर्दा, देश तड्पिएको छ विभिन्न खनिज खानी बोकेर। हाम्रो देशको सरकार नै नालायक भैदियो, बाध्य पार्छ युवालाई विदेशीन राहदानी बोकेर । सितगंगा नगरपालिका -१, अर्घाखाँची । कृष्ण शर्मा 'आँसु' को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो ।नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १५, २०७६ आइतवार - ११:४६:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend