Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

बाँकी तिमीले भन (कविता) - शंकर ढकाल

बाँकी तिमीले भन (कविता) - शंकर ढकाल

सतीश चापागाईं

१६, आषाढ २०७६
images
छन्द :शार्दूलविक्रीडित पानी दर्रर दर्किदा पर कतै साेच्दै नसाेची बसी ए नेता सुन एक मात्र छ कुराे भन्दै म पाेखेँ मसी । घाँटीमा पनि धान फल्छ कि कसाे माला लगाए पछि यस्तै चाल भए सदैव दिउँसै देखिन्छ तारा शशी ।।१।। काेहीले पसिना र रक्त गमला- मा धान राेपे छरी चिन्ता यै छ फले छिटै दश मुरी भित्राउलान् के गरी । तिम्राे त्याे भरियाेस् भुँडी सहज नै खाई अनेकाैँ थरि भन्थेँ यत्ति म जाेसले "तँ बबुराे" बाेले नि नेता "हरि" ।।२।। जाेगी भाछ कपाल काट्न नसकी फुर्ती बडाे लाउँछ जाेड्दै हात दुवै कतै दु:ख परे मै सामु नै अाउँछ । जा ऐले गइहाल् उहीँ सडकमै बस्ने सयाैँ ठाउँ छ तेराे त्याे अनुहार देखिन गए काट्ने छुरी दाउ छ ।।३।। नेता शान्त हुनुस् गधा म जनता याैटा कुरा सार छ तिम्राे शैल जसै विशाल घर वा सम्पत्ति बेकार छ । मिल्दाखेरि तिमी र देश जनता-काे नै यहाँ राज छ मुद्रा अार्जन झट्ट गर्न सकिने बर्सेनि व्यापार छ ।।४।। मात्रै यत्ति भनी हिडेँ महलकाे ढाेका उघारीकन धेरै बेर बसे त देव घरमै जान्थ्याे कि याे जीवन । जे भाे ठीक भयाे म अाज सहजै खाेलेँ नि भित्री मन मैले एक कुरा भने किन भने बाँकी तिमीले भन ।।५।। - तानसेन न. पा -७ काजीपाैवा, पाल्पा । (शंकर ढकालको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १६, २०७६ सोमवार - ११:२२:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend