Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल -सुचिता काफले

गजल -सुचिता काफले

सतीश चापागाईं

१७, आषाढ २०७६
images
नढाँटीकन भन आमालाई कति साथ दियौ तिमीले झरेका ती आमाका आशुँ खै कति पियौ तिमीले गयौ विदेश फुर्किएर धन कमाउने लालचमा रमाउँदै जन्मभूमी र जननीको दायित्व खै कति लियौ तिमीले सर्वश्व दिन्छिन् आमाले कठै सन्तानको खुशी निमित्त धर्म भाकेर बोल आमालाई सुख खै कति दियौ तिमीले भक्कानिँदै रून्छिन् आमा तिमीलाई पलपल सम्झेर छियाछिया भयो आमाको मन खै कति सियौ तिमीले आफ्नो भाषा धर्म संस्कृति र कूलदेखि नै टाढा भएर स्वार्थलाई त्यागी निस्वार्थमा खै कति जियौ तिमीले सुकेधारा, काठमाडौं । (-सुचिता काफलेको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ १७, २०७६ मंगलवार - ०७:३७:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend