Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गजल - सुधीर कुमार सुमन

गजल - सुधीर कुमार सुमन

सतीश चापागाईं

३१, आषाढ २०७६
images
  बाउ बाजेको खुकुरी निशानी बेचेर । बाँचेको छ गोर्खालीको कहानी बेचेर ।। उ पसिना बेच्न विदेश भासिएको छ । चालीस कटेसी रम्न जवानी बेचेर ।। देशमा बाँच्ने परिपाटी बिग्रिए पछि । रमेको छ खाडीमा जिंदगानी बेचेर ।। ऊ रेमिट्यन्स पठाउँछ देश चलाउन । सरकार चल्छ नदी नाला पानी बेचेर ।। गोरस भन्दा मदिरा प्रख्यात भाको छ । ऊ रक्सी पिउँछ ठेकी मदानी बेचेर ।। - गाउँशहर, लमजुङ्ग । (सुधीर कुमारसुमनको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :आषाढ ३१, २०७६ मंगलवार - १०:३४:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend