कसरी छेक्ने ?
बिनास बाँदरको
बृद्धले मात्र । -१
के गर्नु कुरा
लफडा बाँदरको
गाँउको दु:ख । -२
हिँड्ने बाटो
रूखबाट रूखैमा
बाघ नि भोकै । -३
घोषणा हुँदै
बाँदर राज्य अब
सबै गाउँमा । -४
खोज्दै विकल्प
बाँदरको दुःखले
शहर प्यारो । -५
जसले गर्छ
राजनिति बाँदरको
जीत पक्का छ । -६
गाड्दै झण्डा
घर्को धुरीमा अब
बाँदर राज्य । -७
गाउँ जतिमा
अतिक्रमण अति
बाँदर राजा
मकैको खेति
बाँदरलाइ जाती
अतिभो क्षति । -८
दिउँसो राती
बाँदर, सुगा, दुम्सी
खेत बारीमा । -९
मलिलो जग्गा
तीन खेती फलने
बाँझिदै अब । -१०
बगनासकाली -७ खानीगाउँ पाल्पा ।
(- हरिलाल गैरेका हाइकुहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)