Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कालीगण्डकी डाईभर्सन नगर्न हेक्लाङ समाजले दवाव दिने

कालीगण्डकी डाईभर्सन नगर्न हेक्लाङ समाजले दवाव दिने

सतीश चापागाईं

१२, श्रावण २०७६
images
काठमाडौँ : पाल्पाको रामपुर नगरपालिका वडा नं. १० गन्तर्गत पर्ने हेक्लाङ्मा स्थायी घर भई काठमाडौमा बस्दै आएकाहरुको संस्था हेक्लाङ् समाज काठमाडौले कालीगण्डकी डाईभर्सनका विरुद्धमा दवाव अभियान चलाउने भएको छ । आफ्नो गाँउको छेउबाट बग्दै आएको कालीगण्डकीलाई राम्दीभन्दा माथीबाट डाइभर्सन गरेर रुपन्देही तर्फ लैजाने तयारी भइरहेको भन्दै उनीहरुले त्यसका विरुद्धमा अभियान चलाउने निर्णय गरेका हुन् । हेक्लाङ् समाजको काठमाडौमा बसेको बैठकले कालीगण्डकी डाईभसर्नले पार्ने असरका बारेमा सरोकारवालाहरुलाई भेटेर जानकारी गराउदै डाईभर्सनको निर्णय सच्याउन दवाव दिने निर्णय गरेको समाजका संयोजक जयराम चापागाईले जानकारी दिनुभयो । डाईभर्सन गर्दा जैविक, सांस्कृति, प्राकृतिक, मावनीय र वातावरणीय क्षेत्रमा असर पर्ने भएकाले कुनै हालतमा डाईभर्सन गर्न नदिने स्थानीयको जोड छ । सरकारले मुख्य केन्द्रीय योजना अन्तर्गत नै पारेर डाईभर्सनका लागि डिपिआर समेत तयार गरिसकेकाले स्थानीयलाई थप जागरुक गराउन आवश्यक रहेको बैठकले ठहर गरेको छ । बैठकले हिन्दु महिलाहरुको चाड हरितालिका तीजका अवसरमा आउदो भदौ ७ गते गाँउले चेलीहरुलाई भेला गराएर दर खुवाउने कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको समितिका सदस्य जीवन भण्डारीले जानकारी दिनुभयो । कालिगण्डकीखबर डटकमबाट

images
प्रकाशित मिति :श्रावण १२, २०७६ आइतवार - ०८:२५:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend