Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बाटोको मादल(लघुकथा) -घनश्याम डल्लाकोटी

बाटोको मादल(लघुकथा) -घनश्याम डल्लाकोटी

सतीश चापागाईं

२१, श्रावण २०७६
images
  रजनीको घर दैलेख ! उनी दाईसँगै काठमाडौंमा कोठा भाडा लिएर दाईको संरक्षणमा बस्दै र नर्सिङ् बिषय पढ्दै गरेकी १९ बर्षिया जवानीको लाली चढिसकेकी यौवना । उनकी अामा, छोरीको चिन्ताले दिनदिनैजसो फोन गरेर छोरीलाई सम्झाउँथिन् -" रज्जु विचार गर , शहर, गाउँ जत्ति सुरक्षित छैन नि ! दाइ काममा गएको बेला अाँखा छलेर घरमा बस्ने अरू केटाहरुसँग नजिक होलिस् नि ! केटाहरूले छोला नि ! म त काठमाडौं अा'बेला तेरो छातीको पोको चेक गर्छु नि ! मलाई सब कुरा थाहा हुन्छ नि .......... !" भन्दै छोरीलाई तर्साउने गर्थिन् .....। छोरी यता, अर्को फ्ल्याटमा बस्ने केटोसँग पल्कि सकेकी थिइन् । दाइ चैँ बाहिर निस्कयो कि , रजनी श्यामको कोठामा पुगीहाल्थिन् या श्याम रजनीको कोठामा हुर्रिंदै पुग्ने गर्थ्यो । उनीहरूको कामकुरो शुरू भैहाल्थ्यो । रजनी श्यामलाई भन्ने गर्थिन, -" मेरो माथिको पोको चैँ नछोऊ है ! तल , अामाले हेर्न मिल्ने हैन, जे जति मन लाग्छ गर ....!" यस्तै गफ हुन्थ्यो उनीहरूबीच । रजनी बि.क. दलित कि छोरी, श्याम नेपाल, उपाध्य बाहुनको छोरा ! श्याम मेरो असाध्य मिल्ने साथी थियो । उसले एकदिन बढो हतास हुँदै मलाई फोन गर्यो ..... हडबडाउँदै भन्यो , -"सम्राट मेरो त बर्बाद भो यार ......! " मैले पनि अाँत्तिदै सोधेँ, -"के भो .....?" उसले भन्यो , -"रजनीले पेट बोकी जस्तो छ , पर नसरेको दुई महिना भैसक्यो यार..... !!! मैले तिम्रो बच्चा बोकेँ तुरुन्त बिहे गर भन्छे । उनको स्तनको मुण्टा नै कालो हुन थालिसक्यो । मलाई त यस्ता कुरा थाहा पनि थिएन । उनी नर्सिङ पढेकी केटी, सब कुरा थाहा रहेछ । म पहाडको टुप्पोबाट खसे जत्तिकै भएको छु...... म बर्बादै भएँ , यार ! म कसरी बिहे गरुँ रजनीलाई ! न मेरो बुवा अामाले स्विकार गर्छन् न मेरो मामली या अाफन्तहरुले नै स्विकार गर्छन् । दलितको छोरी बिहे गरेको थाहा पाउने बित्तिकै मलाई बुवा-अामा , मामली , अाफन्त , छरछिमेक सबले मुखमै थुक्छन्.......... ।" उसको कुरा सुनेर मलाई झनक्क रिस उठेर अायो ! -"मुला श्यामे अर्काकी छोरीसँग सुत्ने , मोज गर्ने बेलामा चैँ जातको विचार गरिनस् ? तैँले रजनीलाई बिहे गर्नै पर्छ ! रजनीको जिन्दगी र भविष्य ठूलो कि , तेरो र तेरो परिवारको इज्जत ठूलो ? तँलाई मैले अाफ्नो मिल्ने साथी मानेको थिएँ , अाजदेखि तेरो मनको कुरुपता थाहा पाएँ । धेरै जातभातको कुरा नगर, तुरुन्त रजनीलाई बिहे गर ! तैँले रजनीलाई बिहे गरिनस् भने तँसँग मेरो मित्रता अाजैबाट समाप्त भयो, बुझिस......?" उसले पनि अावेशमा अाएर मलाई भन्यो, -" मुला सम्रे, अप्ठेरो परेको बेला साथ दिन्छस् भनेर पो सहयोग खोजेको हो , यस्तो मित्रता तोड्ने कुरा गर्ने......? तैँले मलाई साथ नदिए पनि म रजनीलाई फकाएर भए पनि, गर्भपतन गर्न लगाएरै समस्या समाधान गर्छु । रजनी मेरो घरको मादल हुन सक्दिनन्, बाटोको मादल हो, बुझिस् ? उसले यति भन्दै फोन काट्यो ।" - राप्ती-८ , बडहरा , चितवन (-घनश्याम डल्लाकोटी  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - ०७:४०:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend