Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पुरानो मौलिक तीज गीत ‘चट्ट कलम रेलीमै’ (भिडियो सहित)

पुरानो मौलिक तीज गीत ‘चट्ट कलम रेलीमै’ (भिडियो सहित)

सतीश चापागाईं

२१, श्रावण २०७६
images
भिडियो हेर्न पोष्टरम क्लिक गर्नुहोला   गोम बिक्रम १०० वर्ष पुरानो मौलिक तीज गीत ‘चट्ट कलम रेलीमै’ यस नेपाल स्वयंसेवक संघ सांस्कृतिक कला संगठनकी केन्द्रिय सदस्य सिरू अधिकारी । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा सांगीतिक बजारमा विभिन्न खाले गीतहरु सार्बजनिक भए सँगै अर्घादरबार फिल्म्सले १०० वर्ष पुरानो मौलिक तीज गीत लाइ बजारमा ल्याएको छ । पहिले पहिले तीजको माहौलमा आमाहरूले गुन्गुनाउने गीत "चट्ट कलम रेलीमै पल्टनमा भर्ति भएर " अत्यन्तै मार्मिक गीत हो । सोही गीतलाई शोभाखर संगीतले लय शब्द संकलन गरी २०७६ को तीज कोशेलीको रुपमा बजारमा ल्याएका छन् । बुटवल र कपिलवस्तुको विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियोलाई बिष्णु भट्टराईले कोरियोग्राफी, निर्देशन, सम्पादन, छायांकन गरेकाछन भने उक्त भिडियोमा सन्तोष शर्मा, विश्वास नेपाल, परि शर्मा र शिरु अधिकारीले आफ्नो प्रस्तुति दिएका छन् । अविरल फिल्म्सले दृश्य निर्माण गरेको उक्त भिडियोमा सगुन शर्माको शृङ्गार रहेको छ । अर्घादरबार फिल्म्सले बजार व्यबस्थापन गरेको सोही गीतमा शोभाखर संगीत र चिजा तामाङ्गको स्वर रहेको छ हेरौ यो बर्षको आश लाग्दो मौलिक तीज गीत ‘चट्ट कलम रेलीमै’।

images
प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - ०८:०२:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend