Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल -भाष्कर रावल " प्रेमी "

गजल -भाष्कर रावल " प्रेमी "

सतीश चापागाईं

२३, श्रावण २०७६
images
  काम गर्नेहरू भन्दा सिकाउन जान्ने धेरै हुन्छन् केही राम्रो गर्ने हो भने खुट्टा तान्ने धेरै हुन्छन् दुनियाँ स्वार्थी छ राम्रोसँग बुझेर अघि बढ्नु स्वार्थकै लागि यहाँ आफ्नो ठान्ने धेरै हुन्छन् भोको पेटसँगै बली लिएर मन्दिर धाउनेहरू मानवता के हो ? नबुझी धर्म मान्ने धेरै हुन्छन् कसैसँग माया लगाउनु अघि विचार पुर्याउनू रुप, रंग, जवानीमा गिद्धे नजर हान्ने धेरै हुन्छन् दिन-रात नै दु:ख गर्दा केही पार नलागेपछि एक छाक खाएर पनि जीवन धान्ने धेरै हुन्छन् कुनै सरकारी पद कहीं खुल्यो भने मेरो देशमा आ-आफ्ना मान्छेलाई मात्रै छान्ने धेरै हुन्छन् ! - पाणिनी गा.पा. -२ अर्घाखाँची (✍️ भाष्कर रावल " प्रेमी "को गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - १६:१६:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend