Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

फूलको हत्या गरी गरी पत्थरको पूजा गर्न जानिएन ! - मीना चौलागाईं (५ मुक्तकहरू)

फूलको हत्या गरी गरी पत्थरको पूजा गर्न जानिएन ! - मीना चौलागाईं (५ मुक्तकहरू)

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  मुक्तक -१ नजिकिनका लागि कुरा नाना हुन्छन् सियो बनेर पस्ने अनेक बाहाना हुन्छन् भित्री रूप चिन्न त दु:खमा भेट्नुपर्छ, सुखमा त दुश्मन पनि आफ्ना हुन्छन् । मुक्तक -२ कहिलेकाही सुनसान प्रहरमा सजाएँ कहिले यी आँखाको नहरमा सजाएँ सजाएँ आफू खुशी तिमीलाई जताततै मैले, जिन्दगीका अनगिन्ती रहरमा सजाएँ ! मुक्तक -३ मन भित्रभित्रै उर्लँदो छाल पाएँ आफैभित्र नजानिँदो गाल पाएँ तिमी त दूर क्षितिज पो रहेछौ, निद्राबाट ब्युँझदा बल्ल चाल पाएँ । मुक्तक -४ छाडेर आत्मविश्वास मूर्तिको शरण पर्न जानिएन मनका पीडाहरू भगवानको नाउँमा छर्न जानिएन चाहे मागून् बली यही अपराधमा रगत चढाउँला बरु, फूलको हत्या गरी गरी पत्थरको पूजा गर्न जानिएन ! मुक्तक -५ कहिलेकाही मनको आकाश झलमल किन हुन्छ कमल फुलेको ठाउँमा नै दलदल किन हुन्छ पानीको तिर्खा आँशुले मेटाउनु पर्छ जान्दा-जान्दै, यो मनलाई निश्चल झरनाको तलतल किन हुन्छ ! काभ्रे- पाँचखाल न. पा-६ (- मीना चौलागाईंका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०८:४९:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend