Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल - सिताराम खड्का

गजल - सिताराम खड्का

सतीश चापागाईं

१२, भाद्र २०७६
images
  घाइते बाघको शिकारी हुँ छुनु अघि सोच्नु पर्थ्यो ।। बेकुफ बन्न हुँदैनथ्यो आफ्नो जिन्दगी सोच्नु पर्थ्यो ।। औधी विश्वासले दिलमा राखेँ छातीमा टेकेर गयौ, तिमीलाई खेलौना सोच्नुपर्थ्यो पुतली सोच्नु पर्थ्यो ।। पैतलामा बिझीरहने काँडा सम्झिएर गल्ती भयो, प्यारी तिमीलाई यो मुटुको ढुकढुकी सोच्नु पर्थ्यो ।। कमजोर मनले काँतर बनेर आत्माहत्या गरयौ, कम से कम वृद्ध बा'आमाको खुसी सोच्नु पर्थ्यो ।। बन्दुकले देश चलाउँछौंभन्दा ताली दिने हामी हौँ , एक जमाना मुर्खलाई पनि बुद्धिजीवी सोच्नु पर्थो ।। - रामेछाप हाल : भारत । (सिताराम खड्काको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र १२, २०७६ बिहिवार - २३:४२:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend