Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राष्ट्रप्रेमी युवाहरुको नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी कपिलवस्तुको तीज मिलन तथा जिल्ला भेला सम्पन्न

राष्ट्रप्रेमी युवाहरुको नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी कपिलवस्तुको तीज मिलन तथा जिल्ला भेला सम्पन्न

सतीश चापागाईं

१५, भाद्र २०७६
images
गोम बिक्रम राष्ट्रप्रेमी युवाहरुको नेपाल स्वयंसेवक संघ जिल्ला कमिटी कपिलवस्तुले तीज मिलन तथा जिल्ला भेला कार्यक्रम आज कपिलवस्तुको चार नम्बर द गार्डेन होटलमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली जनताहरुलाई यो त्यो राजनीतिक दलको आधारमा नभएर मानवताको हिसाबले यस संघले आवश्यक परेको बेला सहयोग गर्ने र नेपालमा मौलाएको भष्ट्राचारलाई अन्त्य गर्न पहिला जनता सचेत हुनु पर्ने बताएका छन् । आफ्नो राजनीतिक दलले गरेको गलत कार्यलाई लुकाउने र समर्थन गर्न नहुने र राम्रो गर्नेलाई सम्मान र साथ दिनु पर्नेमा जोड दिँदै नेपाली जनतालाई राजनीतिक दलका अन्धाभक्त नबनी राम्रो र नराम्रो छुट्टाएर मात्र समर्थन गर्न अनुरोध गरेका छन् । नेपाल स्वयंसेवक संघले मात्र राष्ट्र र नेपाल जनताको भलो हुने कार्य गर्ने । राष्ट्रलाई कुनै एक क्षेत्रबाट मात्र नभएर सम्पूर्ण क्षेत्रमा विकास गर्न सहयोग गर्ने । आफूहरुले केवल राष्ट्रिय एजेण्डा मात्र आत्मसात गरेको पनि जानकारी दिए । कार्यक्रम राष्ट्रिय गायिका मालती खरेलसँगै तीजमय बनेको थियो। कार्यक्रममा नेपाल स्वयंसेवक संघकी केन्द्रिय उपाध्यक्ष एव राष्ट्रिय गायिका मालती खरेलको प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा होटल व्यवसायी कपिलवस्तुका महासचिव एवं त्यसै संघका सदस्य रविन्द्र पौडेल, त्यस्तै सागर पौडेल रहनु भएको थियो । संघका सदस्य चिरञ्जीवी पुरुषको अध्यक्षतामा भएको कार्यक्रममा ५० जना भन्दा बढिको उपस्थिति रहेको थियो । संघका केन्द्रिय वरिष्ठ सदस्य राजु गैरेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नेपाल स्वयंसेवक संघका केन्द्रिय सदस्य आश्विन कार्कीले गर्नु भएको थियो । यसै संघकाे युवा संगठनका केन्द्रिय प्रवक्ता राज अधिकारी र संस्थापक खेमराज पाैडेलकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएको थियाे ।

images
प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - १७:४६:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend