Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गाई मार्नेहरु पक्राउ नगरे नेपाल ठप्प पार्ने चेतावनी, केन्द्र र प्रदेश सरकारको मिलेमतोमा घटना भएको शंकर पाण्डेको दाबी

गाई मार्नेहरु पक्राउ नगरे नेपाल ठप्प पार्ने चेतावनी, केन्द्र र प्रदेश सरकारको मिलेमतोमा घटना भएको शंकर पाण्डेको दाबी

सतीश चापागाईं

१७, भाद्र २०७६
images
काठमाडौं । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके सरकारविरुद्ध कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखमा पाल्न पठाउने बहानामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको भीरबाट खसालेर सैतिँस गाईको हत्या एवम् ८६ वटा गाई घाईते हुने गरि गरिएको गौहत्या काण्डको घोर भत्र्सना गरेको छ । समितिका महासचिव रोसनजङ्ग बस्नेतको नाममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “सनातनदेखि हिन्दू धर्मावलम्वीहरुले माता श्रीलक्ष्मीको प्रतिक समेत मान्दै गौ–माताको दुध मात्र नभएर गौ–मुत्रलाई समेत पवित्र मान्दै आएका छौं । यसका अलावा राष्ट्रिय जनावरसमेत रहेकी गौ–माताको यस प्रकारले हत्या हुनुलाई सामान्य रुपमा लिन सकिँदैन ।” कार्यक्रममा बैंक्टेश्वर पीठाधिश पदमधराचार्यले गौ–संरक्षणमा लाग्नको लागि जोड दिएका छन् । उनले गौ–माताको संरक्षण गर्न नसके वर्तमान सरकार धार्मिक रुपमा निकम्मा सावित हुने दाबी गरे । हालै भएको गौ–हत्याको बारेमा पनि उनले भत्र्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे । त्यस्तै, राष्ट्रिय धर्म जागरण नेपालका संयोजक एवम् पूर्वसांसद शंकरप्रसाद पाण्डेले सुर्खेतमा भएको गौ–हत्यामा नेपालगञ्ज उपमहानगरपालिका र सरकारको मिलोमतो रहेको आरोप लगाए । उनले भने, “म आफू पनि हिजोमात्रै गौ–हत्या भएको घट्नास्थल पुगेर काठमाडौं फर्किएको छु, यसमा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकार दुवै मिलेको हाम्रो ठम्याई छ ।” उनकाअनुसार सीधै ८ वटा ट्रिपर तथा ट्रककमा गाईहरुलाई कोचेर भीरमा लगी फालिएको प्रष्ट देखिन्छ । जगतगुरु बालसन्त आश्रमका प्रवक्ता विक्रमसिंह धामीले गौमाताको हत्या कुनै न कुनै मानेमा हुँदै आईरहेको बताउँदै सुदुर पश्चिमका जंगलमा गाई छोड्ने र गिद्धहरुलाई खुवाउने गलत काम भैरहेको पनि सुनाए । उनले गौमाता हत्याका दोषीलाई कारबाहीको साथै पशुपतिनाथ मन्दिर परिसरमा हुने पशुपति बाग्मती गंगा आरतीपुर्व राष्ट्रिय गान अनिवार्य बजाउने कार्यपनि गलत रहेको टिप्पणी गरे । कार्यक्रममा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष सागर थापाले गौहत्यामा नेपालगञ्ज उपमहानगरपालिका र केन्द्र सरकारको प्रत्यक्ष संलग्नता देखिएको गम्भिर आरोप लगाए । विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारीका उपसभापति तथा पूर्वमन्त्री दिनबन्धु अर्यालले गौमाताको संरक्षण गर्न नसक्ने सरकारले उल्टै गौमातको सुनियोजित हत्या गर्ने गरेको आरोप लगाए । (बाह्रखरी डटकमबाट)

images
प्रकाशित मिति :भाद्र १७, २०७६ मंगलवार - १४:१६:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend