Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सर्वोच्च गेटबाट नेकपा नेता रुपेश पुन: पक्राउ

सर्वोच्च गेटबाट नेकपा नेता रुपेश पुन: पक्राउ

सतीश चापागाईं

२४, भाद्र २०७६
images
  पोखरा/ पत्रकार ओम हमालसँगै आज सर्वोच्च अदातलबाट रिहा भएका प्रतिबन्धित नेकपा कास्की स्याङ्जाका ईन्चार्ज कृष्ण वाग्ले र नेता रुपेश पुन पक्राउ परेका छन् । सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडा र बमप्रसाद श्रेष्ठको सँयुक्त ईजलासले वाग्लेलाई रिहा गर्न आदेश दिएको हो । गिरफ्तार पछि वाग्लेलाई कहाँ लगिएको छ भन्ने केही थाहा हुन सकेको छैन । वाग्लेको मुद्दा कास्की र स्याङ्जामा चलिरहेकाले उनलाई पोखरा नै ल्याउने अनुमान गरिएको छ । वाग्लेलाई पोखराको शिशुवाबाट भदौ ६ गते पक्राउ गरिएको थियो । मंगलवारको बहसमा वाग्लेको तर्फबाट छ जना अधिवक्ताले वहस गरेका थिए ।

images
प्रकाशित मिति :भाद्र २४, २०७६ मंगलवार - १५:२०:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend