Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युवाहरुलाई जागरुक गराउन राजधानीमा मानवअधिकार सम्बन्धी सम्मेलन

युवाहरुलाई जागरुक गराउन राजधानीमा मानवअधिकार सम्बन्धी सम्मेलन

सतीश चापागाईं

२६, भाद्र २०७६
images
  काठमाण्डौ, युवाहरुलाई मानवअधिकारका बारेमा थप जागरुक गराउने उद्धेश्य सहित राजधानीमा दुई दिने सम्मेलन सम्पन्न भएको छ । मानवअधिकारका लागि युवा अभियानको दोश्रो सम्मेलनमा देशका बिभिन्न जिल्लाबाट राजधानिमा आएका युवाहरुलाई थप जागरुक गराउंदै सम्मेलन सम्पन्न भएको हो । देशका सबै जिल्ला र प्रदेशका युवाहरुको प्रतिनिधित्व भएको सम्मेलन प्रराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले उद्धाघन गर्नूभएको हो । सम्मेलनमा मानव अधिकार आयोग आयुक्त सुदिप पाठक, राष्ट्रिष्य युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल लगायतका बिशिष्ट ब्यक्तीहरुले मानवअधिकार र युवाहरुको भुमिकाको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदिप ज्ञवालीले मानवअिधकारका बारेमा युवाहरु पुर्ण रुपमा जानकार हुन आवश्यक रहेको भन्दै आयोजकहरुलाई धन्यबाद दिनुभएको थियो । मन्त्री ज्ञवालीले हरेक परिवर्तनका आन्दोलनमा युवाहरुको मुख्य भुमिका रहेको र फलस्वरुप अहिलेको संबिधानले सबैलाई सम्मानपुर्वक बाच्न पाउंने ब्यवस्था गर्न सकेको प्रष्टाउनुभयो । युवा र मानवअधिकार निकै अन्तरसम्बन्धीत भएको मन्त्री ज्ञवालीको भनाई थियो । बिभिन्न क्षेत्रका बौद्धिक ब्यक्तीत्वहरुले समेत धारण राखेको कार्यक्रम संस्थाका अध्यक्ष रिषि गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । सहभागीहरुले बक्ताहरुसंग प्रत्यक्ष प्रश्न सोध्न मिल्ने र जवाफ दिने गरि तयार पारिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष बैकुण्ठ थापाले संस्थाले बिगत एक बर्षमा गरेको कार्यक्रमको प्रगती बिवरण पेश गर्नुभएको थियो । मानवअधिकारका लागि युवा अभियानले संसारका बिभिन्न देशमा पुगेर मानवअधिकार सम्बन्धी कार्यक्रमहरुमा भाग लिने र नेपालका बिभिन्न जिल्लामा पुगेर यस सम्बन्धी जनचेतना फैलाउने कार्य गर्दै आएको छ ।    

images
प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १८:५२:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend