Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

एनआरएनए आईसीसी महिला फोरम संयोजकमा जुनु गुरुङको उमेद्वारी घोषणा

एनआरएनए आईसीसी महिला फोरम संयोजकमा जुनु गुरुङको उमेद्वारी घोषणा

सतीश चापागाईं

२७, भाद्र २०७६
images
अर्जुन बराल – दक्षिण कोरिया। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोबर १५ देखि १७ सम्म काठमाडौको हायात होटलमा हुन गईरहेको नवौ बिश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएनए आईसीसीको बिभिन्न पदमा नेतृत्वका लागि आकांक्षीहरुले आ–आफनो दावेदारी प्रस्तुत गरेका छन्। अहिले बिभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वयन परिषदले अधिबेशन गदै नयाँ नेतृत्व चुन्ने क्रम जारी नै छ। यसैबीच एनआरएनएको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हङकङमा सम्पन्न क्षेत्रीय भेलाको साथै अष्ट्रेलियामा सम्पन्न भएको ओसेनिया क्षेत्रीय भेला पश्चात सतहीरुपमा आकांक्षीहरु बाहिर देखिन थालिसकेका छन्। नेतृत्वका लागि दाबेदारीहरु बढेसँगै एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङले पनि आईसीसी महिला फोरम संयोजकमा उम्मेदवार घोषणा गरेकी छिन्। लामो समयदेखि दक्षिण कोरियामा रहेर सफल ब्यबसायी महिलाका रुपमा आफूलाई चिनाईसकेकी जुनु गुरुङ “वुमन फर वुमन” दक्षिण कोरियाकी पूर्वअध्यक्ष हुन् भने उनले दक्षिण कोरियाको नेपाली समाजमा छुट्टै समाजसेवीको पहिचान बनाएकी छन्। दक्षिण कोरिया सरकारले प्रदान गर्ने मानार्थ सिटिजनशिपबाट सम्मानित दक्षिण कोरियामा पहिलो नेपाली महिला समेत हुन्। दक्षिण कोरियामा रोजगार प्रक्रिया प्रणालीका माध्यमबाट आएका हुन् या बिद्यार्थी भिषा मै रहेका नेपाली किन नहुन् आपतकालीन अबस्थामा उनी प्रेरणाकी स्रोत बनेकी छिन्। गुरुङले आठौ बिश्व सम्मेलन पश्चात एनआरएनए एनसीसी गठन भएको सबै देशमा महिला फोरम संयोजकको हैसियतमा रहँदा महिला फोरम गठन गर्न सफल भएकोमा खुशि ब्यक्त गदै त्यसका निम्ति सबैप्रति आभार प्रकट गरेकी छिन्। यसैबीच, गुरुङले एसिया प्यासिफिक क्षेत्र र मध्यपूर्बका मजदुर तथा महिलाहरुको दर्दनाक अबस्थाको न्यूनीकरणसहित महिलाका आवाजलाई सशक्त रुपमा उठाई उनीहरुको आर्थिक तथा ब्यबसायिक पाटोलाई सक्षम बनाउँन प्रयाससँगै सबैतिर छरिएर रहेका महिलाहरुको सञ्जाललाई अझ बिस्तार गरी फराकिलो बनाउँने प्रतिबद्धतासहित एनआरएनएलाई अझ गतिशील र सबैको अपनवत्व हुने गरी सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताको लागि जोड दिन आग्रह गरेकी छिन्।

images
प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - १७:१३:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend