Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

एेना -अच्यूत सिग्देल

एेना -अच्यूत सिग्देल

सतीश चापागाईं

२, आश्विन २०७६
images
  आफ्नो प्रतिबिम्व नियालेर मुसुस्क मुस्कुराउँछ नाक, कान तन्दुरूस्त पार्छ सुकेका ओठका कलेटी ओसिलो बनाउँछ ऑखाभरि सुन्दर संसार छोपेर आफ्नो बिम्व सुटुक्कै लुकाउँछ मान्छे । फुलेका कपाल र झरेको परेला लत्रिएका ऑखी भौं सोझ्याउँछ बुढौली उक्लदै गरेको मुजाहरू ओह्रालो झरेर दुब्लाएका छालाहरू केलाउँछ चैतका टारी खेत झैं खपटा परेको ऑखाका बिरौटाहरू लटरम्म कॉस फुलेका गालाका कान्लाहरू जॉते लगाएर सम्याउँछ तर पनि उसले फिट्क्कै देख्दैन आफ्नो अभिमानहरू । कोट,टाई र महँगा साडीहरू पत्र पत्र र अन्तरङ्ग खोल्छ, पटक पटक उतार्छ, पुन: लगाउँछ कालो मन कलधारोमा नुहाएर, पटक पटक पुछ्छ सेता, क्रिम पाउडरले छोप्छ टल्काउँछ पुन: फर्कि-फर्कि हेर्छ तर, तर पनि ख़ुशी छैन मान्छे । दुखेको मन, लुत्रुक्क लत्रेको स्वाभिमान सोमपानको टेकोले टेकाउँछ संसार जितेको घोषणा गर्छ मपाईं पूराण र मवाद भजन गाउँदा गाउँदै मर्चा निचोरिएका किरा झैं बनेर घर फर्किन्छ सुस्केरा मार्दै ऐना हेर्छ । ऐना मुसुक्क मुस्कुराउँछ र भन्छ - ए ढोगी मृत जिवात्माहरू हो ! आत्मा बेचेर ठडिएका तिम्रा यी पराले अस्थिपन्जर हेर त आफ्नै छायॉ देखी डराउँछन् परजीवि बनेको तिम्रा बन्दगी दॉतहरू उग्लिएका ढलौट बनेका छन् तिम्रो ईमान कप कपमा टॉसिई सकेको छ बेईमानी र बदनाम बोकेर तिम्रा पाईलाले शहर घेरेको छ सक्छौ भने एकपटक मसँग ऑखा जुधाएर हेर यदि जित्यौ भने म निर्जीव मानव बनौला तिमी अमर ऐना बन्नु तिमी अमर एैना बनौला ।। उ मान्छे, नि:शब्द एेना हेऱ्यै छ । न्यु योर्क, अमेरिका ।

images
प्रकाशित मिति :आश्विन २, २०७६ बिहिवार - १९:४५:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend