Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

ज्ञानेन्द्रलाई आक्रमण गर्ने रेणु दाहालका चालक

ज्ञानेन्द्रलाई आक्रमण गर्ने रेणु दाहालका चालक

सतीश चापागाईं

१९, कार्तिक २०७६
images
काठमाडौं। भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने मुख्य आरोपी अविरल पोख्रेल भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालको निकट मात्र नभइ महानगरपालिकाकै चालक समेत भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल तीन महिनादेखि महानगरपालिकाको चालक भएको खुलेको हो। महानगरपालिकाकी उपमेयर पार्वती शाही ठकुरीले पोख्रेल हालै भर्ना गरिएको बताइन। पोख्रेल चालकको रुपमा काममा आएपछि मात्र आफूले थाहा पाएको उपमेयर ठकुरीले बताइन। उनले भनिन, 'पोख्रेललाई मेयरले नै भर्ना गर्नुभएको होला।' महानगर स्रोतका अनुसार पोख्रेलले महानगरबाट ३ महिनाको तलब पनि लिइसकेका छ्न्। महानगरका मेयर रेणु दाहालको चालक हुनेगरि भर्ना गरिएका पूर्व माओवादी कार्यकर्ता पोख्रेलले महानगरको एक सवारी हाक्दै आएका थिए। व्यापक दबाब पछि पोख्रेललाई पक्राउ गर्नुपर्ने भएपछि उनलाई महानगरको कर्मचारी नभन्ने शर्तमा पक्राउ दिन मेयर रेणुले नै लगाएको स्रोतको दावी छ। प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो। पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको तथा अन्यको खोजी भइरहेको उनले जानकारी दिए । गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि गम्भिर आक्रमण भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - १८:२६:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend