Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बाल्टिमोरमा "गुडबाई काठमाडौँ' प्रदर्शन हुदै

बाल्टिमोरमा "गुडबाई काठमाडौँ' प्रदर्शन हुदै

नेप्लिज डायस्पोरा

२४, कार्तिक २०७६
images
  अमेरिकाको विभिन्न शहरहरुमा प्रदर्शन भइरहेको नवीन सुब्बाद्वारा निर्देशित चलचित्र "गुडबाई काठमाडौँ' म्यारिल्याण्ड राज्यको बाल्टिमोर शहरमा यहि नोभेम्बर १७ तारिक आइतबार विशेष प्रदर्शन हुने भएको छ । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना), म्याग्दी समाज अमेरिका,नासो कम्युनिटी अमेरिका, कास्की समाज अमेरिका र नेपाल अमेरिका फिल्म सोसाइटी लगायत बाल्टिमोरका सथानीय संघ संस्थाहरुको सयुक्त आयोजनामा उक्त्त प्रदर्शन हुने जनाइएको छ । यस विशेष प्रदर्शनको मिडिया साझेदारी नेपलिजडायास्पोरा डटकमले गर्नेछ । चलचित्र प्रदर्शनको अन्तरक्रियामा निर्देशक नवीन सुब्बा आफै उपस्थित हुने कार्यक्रम रहेको छ । नेपाली चलचित्र र संस्कृति माथि बौद्विक बहसमा सक्रिय सुब्बाका 'नुमाफ़ुङ्ग' 'दलन','सिंहदरबार' लगायत अन्य थुप्रै चर्चित चलचित्रहरु निर्देशन गरेका छन् । "गुडबाई काठमाडौँ' नवीन सुब्बाको बहुप्रतिक्षित चलचित्र हो । पूर्व मिस नेपाल माल्विका सुब्बा, सुबर्ण थापा, कर्मा, निखिल गुरुङ, माला लिम्बु , सहाना बज्राचार्य, टिका पहाडी लगायतका कलाकारहरुले अभिनय गरेकाछन । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र विदेशमा विशेष प्रदर्शन भइरहेको "गुडबाई काठमाडौँ' अब नेपालमा सार्वजनिक प्रदर्शन हुने तयारीमा रहेको जनाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७६ आइतवार - १७:३९:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend