Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

प्रधानमन्त्री ओलीको ग्राण्डीमा तेस्रोपटक हेमोडायलसिस गरियो

प्रधानमन्त्री ओलीको ग्राण्डीमा तेस्रोपटक हेमोडायलसिस गरियो

नेप्लिज डायस्पोरा

३०, कार्तिक २०७६
images
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलसिस गरिएको छ । उहाँले ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीका निजी चिकित्सक एवं नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष डा प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले नियमित स्वास्थ्य परीक्षण तथा उपचारका गराएको समेत उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचार पश्चात आज (शनिबार) नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिर्गौलाले एकाएक काम गर्न छाडेपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भई कात्तिक १२ र १३ गते डायलसिस गराउनुभएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७६ शनिवार - १९:५९:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend