काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नै नेपाली भूमि मिचिने गरी भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको प्रमुख विपक्षी दलका सभापतिको आरोपपछि मुलुकमा नयाँ राजनीतिक तरंग पैदा भएको छ । सत्तापक्षले देउवाको यो अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ भने कांग्रेसभीत्र आन्तरिक कलह मच्चिएको छ ।
हिजो पोखरामा आयोजित चुनावी सभामा सभापति देउवाले प्रधानमन्त्री ओलीकै सल्लाहमा भारतले नयाँ नक्सा छापेको गम्भीर आरोप लगाउनुभएको थियो । उहाँले ओलीको राष्ट्रवादले कालापानीमा घुँडा टेकेको बताउनुभएको थियो ।
प्रमुख विपक्षी दलका सभापतिले राष्ट्रवादीको पहिचान बनाएका प्रधानमन्त्री ओलीलाई अशोभनीय आरोप लगाएको भन्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पोखराबाटै देउवालाई जवाफ फर्काएका छन् । बाँस्कोटाले चुनावी मसालाका लागि राष्ट्रियताको विषयमा भद्धा मजाक गर्ने देउवाको अभिव्यक्ति अत्यन्त लज्जाजनक रहेकोले आफूले खेद प्रकट गर्न चाहेको बताउनुभयो ।
बाँकी समाचार