ईश्वरराज ढकाल, काठमाडौं।
पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा निस्कन लाग्नुभएको छ। उहाँ यही मंसिर १४ गते हुने उपनिर्वाचनको भोलिपल्टदेखि पश्चिमाञ्चल भ्रमणमा निस्कन लाग्नुभएको हो।
जिल्लाको राजावादीको निम्तो मान्न र विभिन्न मठ–मन्दिरको दर्शन गर्न उहाँ पश्चिम भ्रमणमा निस्कन लाग्नुभएको हो। १५ गते बिहान बुद्ध एयरको जहाजबाट भैरहवा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
करिब दुई साता लामो भ्रमणका क्रममा उहाँले करिब आधा दर्जन जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले जनाएको छ। स्थानीय राजावादी र विश्व हिन्दू महासंघले जिल्ला भ्रमणको व्यवस्थापन गरेका छन्।
पछिल्लो समय डिस्कोमा पुगी रातो र चन्द्र सूर्य गीतमा नाचेर चर्चा कमाएका शाहको यो भ्रमणको मुख्य एजेन्डा जिल्लाका आफू निकटका नेता–कार्यकर्तासँग भेट गर्ने कार्यक्रम हो। उहाँले देशको पछिल्लो अवस्था र पूर्वराजाप्रति जनताको चाहना कस्तो रहेको छ भन्ने विषयमा सूक्ष्म जानकारी लिन पश्चिमाञ्चल भ्रमणमा लाग्नुभएको हो।
बाँकी समाचार