के को पर्व के को छुट्टी परदेशीलाई मान्न आमा
दुख्छ मुटु पल् पल् यादले छैन खुसी ठान्न आमा
चलाउँथ्यौ भान्सा तिम्ले पकाउँथ्यौ मै रूचाउने
लाउँथेँ दोष भन्थेँ सधैँ यस्तो उस्तो खान्न आमा
धन् कमाउने लालसाले पसेको हुँ मुग्लान पनि
लाग्दैछ यो दौडादौडी एक्मुठी सास धान्न आमा
छोड़ी आएँ काख तिम्रो तिम्रै याद छ घरिघरि
मनमुटुका कथा व्यथा धोएर नि जान्न आमा
तर हरेश् खाको छैन आउँछु एकदिन बोक्दै खुसी
पराई सामु नरूनु है आँसुले पीर लान्न आमा ।।
गैडाकोट नवलपरासी