Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आमा आँठो मिच्न नदिनु (कविता) -अनुजा रेग्मी

आमा आँठो मिच्न नदिनु (कविता) -अनुजा रेग्मी

नेप्लिज डायस्पोरा

११, मंसिर २०७६
images
आमा , तिमी रोइरहेकीछ्यौ म यहाँ कसरी हाँसु बुढी भयौ नानाथरी रोगले च्याप्यो सन्तानहरु परदेशिए तिमीलाई त बाँच्न पनि गाह्रो भैरहेको छ होला, मर्न पनि । आमा , जिउदाको जन्ती मर्दाको मलामी भन्ने छिमेकीहरु तिम्रो अबस्था देखेर गदगदी हुदै छन् रे ! आठो मिच्न पाइन्छ भनेर साँध च्याप्न पाइञ्छ भनेर । आमा , तिमी त बिरहरुकी छोरी हौ । छिमेकीहरुलाइ हाम्रो घरको कमजोरी नदेखाउनु ! तिम्रो रोगहरु भन्दै नभन्नु तिम्रा औषधीका डोजहरु नसुनाउनु मन दरो पार्नु आमा , मेरो सम्पतिमा मेरै सन्तानको हक लाग्छ भनेर गर्जिन नछोड्नु आमा , हामी त तिम्रो लागि खुशी किन्न परदेशीएका परदेशी हौ तिम्रो खुशीका लागि जहाँबाट पनि लडिरहन्छौ बोलिरहन्छौ यहि कुरा , हाम्रा वल्ला घरे पल्लाघरे तल्लाघरे माख्लाघरे सबैलाई सुनाइदिनु आठो मिच्न नदिनु आली च्याप्न नदिनु कोहि आइहाले भने साँध नमेटिने गरेर प्राण त्यागिदिनु आमा आमा , तिम्रा सन्ततिहरुले त्यही समाधिस्थलबाट तिमीलाई सम्झिरहने छन् तिम्रै आस्थामा तिम्रो नाम जपिरहने छन् तिमी हाम्रा लागि अमर इतिहास बन्नेछ्यौ हामी पनि तिम्रो साख जोगाइ राख्ने छौ | सियाटल, वाशिंगटन, अमेरिका

images
प्रकाशित मिति :मंसिर ११, २०७६ बुधवार - १८:४४:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend