१५, मंसिर २०७६
सोच्नुहोस् आफै यो तालले, कसरी चल्छ ?
पाखुरा कम हामीहरूको, जिब्रो बढी चल्छ !
कुन दिन लडाउँछ थाहा हुन्न, मृत्युले हामीलाई !
किनकी मृत्युको बुइ चढेर, जिन्दगी चल्छ !
सम्पत्ति अनि ती सुन्दरी, खतरनाक हुन्छन् !
यिनकै लागि प्राय: संसारमा, दुश्मनी चल्छ !
मनको घाउ हो तिमीलाई, ठिक पार्देऊ भनेको !
तनको घाउमा त डक्टरको पनि, ओखती चल्छ !
शिलाजीत भनेर उनीहरू, अर्थोक बेच्दा रहेछन् !
त्यसपछि लाग्यो यहाँ हर चिज, नक्कली चल्छ !
चौरजहारी न.पा. - ११, रुकुम प.
(जि.एम. दिपु देपेन्द्रको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :मंसिर १५, २०७६ आइतवार -
२३:०४:२८ बजे