Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गीत - वेद कुमारी न्यौपाने

गीत - वेद कुमारी न्यौपाने

images
  यस्तै हाे भन्छन् मान्छेकाे जीवन कहिले फूल कहिले काँडा भेटिन्छ सुख र दु:ख अाँसु र हाँसाे खुशी कहिले पीडा भेटिन्छ खुशीमा त सबै नै हाँस्छन् थाहा छ पीडामा पनि हाँस्नु पाे हाँस्नु सुखमा त जाे पनि जिउँछन् सजिलै दु:खमा बाँच्न सक्नु पाे बाँच्नु जिन्दगी एउटा यात्रा हाे भन्छन् हिँड्दा अनेक बाटाे भेटिन्छ घाम र छायाँ, उकालाे अाेरालाे चट्टान कहीँ फाँट भेटिन्छ जाे पनि हिँड्छन् फाँटहरू पाउँदा चट्टानमा हिँड्न सक्नु पाे सक्नु उज्यालाे त जसले नि लगाउँछ पार अँध्यारो छिचाेल्न सक्नु पाे सक्नु - बालकाेट , भक्तपुर हाल : काेलाेराडाे , अमेरिका । (वेद कुमारी न्यौपानेको यो गीत साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २, २०७६ बुधवार - १९:४५:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend