Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

दर्पणको शब्दमा निराको "बुकी" सार्बजनिक (भिडियो सहित)

दर्पणको शब्दमा निराको "बुकी" सार्बजनिक (भिडियो सहित)

images
  टेक्सास (अष्टिन)- लाइभ दोहोरीकी चर्चित गायिका निरा छन्त्यालको लोक दोहोरी गित "बुकी" सार्बजनिक भएको छ । अमेरिका टेक्सासको अष्टिन निवासी युवा सर्जक बिजय चन्द दर्पणका शब्दमा चर्चित लोक दोहोरी गायक राजु परियार र निरा छन्त्यालले श्वर दिएका छन् । राजेश खड्का सानुको संगित रहेको गितमा शंकर बिसी र अन्जली अधिकारीको दमदार अभिनय रहेको छ । तिलक वलीले एरेन्ज गरेको गितको भिडियो छायांकन दुर्गा पौडेलले गरेका हुन् । निरा छन्त्यालको युट्युब च्यानलबाट सार्बजनिक भएको गितमा बाल कलाकार खुसी कट्टेलको समेत अभिनय रहेको छ । सर्जक दर्पणका शब्दमा यसअघि स ुतली, दर्पण, पलास लगायतका गित सार्बजनिक भइसकेका छन् । . अन्य गायिका भन्दा फरक श्वरकी धनी छन्त्याल पछिल्लो समय प्रत्यक्ष दोहोरीमा निकै रुचाइएकी गायिका हुन् । उनको यो गितले पनि सफलता पाउने अपेक्षा गरिएको छ ।

images
प्रकाशित मिति :पौष ८, २०७६ मंगलवार - १७:५२:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend