Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

उखु किसानप्रति समर्पित केही मुक्तकहरू

उखु किसानप्रति समर्पित केही मुक्तकहरू

नेप्लिज डायस्पोरा

२२, पौष २०७६
images
  मुक्तक -१ कतिछन् कतिछन् छलछाम यहाँ दिलमा छ छुरा मुख राम यहाँ छलकै छ कथा कविता छलकै छलमै खुसछन् घनश्याम यहाँ । - कोमल भट्ट हाल : अमेरिका .................................................................. मुक्तक -२ सामान आफ्नै, मूल्य सधै अर्काको हुन्छ उधारो लिन्छ, माग्न जादा थर्काको हुन्छ जिउनलाई,पसिना बगाउछ बञ्जर माटोमा किसान हो ऊ भन !अन्त भर काको हुन्छ !! - सर्गम राना नेपालगञ्ज, बाँके, नेपाल । .................................................................. मुक्तक -३ कति नेपाली विदेशमा, पचास डिग्रीमा डढेका छन् तिन्कै पसिनामा रमाएर, कोही पजेरो चढेका छन् बडाको मनै सुध्रिँदैन, चेतना कहिले नि उघ्रिँदैन जता हेरे नि मुलुकभित्र, गरिबमारा बढेका छन् । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । .................................................................. मुक्तक -४ तराईमा उखु खेती गरे किसानले भन्दै नगदे बाली उखु मिल मालिक धनी किसानको खल्ती खाली मज़दूर किसानकै सरकार छ किसानकै रूवावासी किसान रुन्छ देशमा मालिकको छ हाली मुहाली । - एस आर मंजरी ओली हेटौंडा । .................................................................. मुक्तक -५ लाग्छ सिंगै देश नै आफ्नै बाबुकाे बिर्ता ठानिरहेछन् नागरिक यहाँका साेझा सबैलाई भेंडा ठानिरहेछन् कति छर्छाै भ्रम कति हेर्छाै दुर्दशा ए शासकहरू हाे लाग्छ, यिनले त आँशुलाई पनि तमासा ठानिरहेछन् । - विनोद नेपाल पोखराथोक पाल्पा । (बिभिन्न मुक्तककारका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :पौष २२, २०७६ मंगलवार - १८:०९:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend