Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

तिम्रोपछि लागेर गल्ति गरियो - दिनेश धामी (५ मुक्तकहरू)

तिम्रोपछि लागेर गल्ति गरियो - दिनेश धामी (५ मुक्तकहरू)

images
  मुक्तक -१ छोडियो काम धन्दा, ठूलो भुल त्यही भयो बुवा आमालाई नगन्दा, ठूलो भुल त्यही भयो संयोगले तिमी भेटियौ, तिम्रैपछि हिँडिरहेँ जिन्दगीमा सबैभन्दा, ठूलो भुल त्यही भयो । मुक्तक -२ पित्तल रोजेर पनि सुनलाई, छोडेको हुँ मैले सम्झिएर उनको बैगुनलाई, छोडेको हुँ मैले तिमी सुन्दरताको घमण्ड गर्छ्यौ मेरै अगाडि सुन्दर भएकै कारण उनलाई, छोडेको हुँ मैले । मुक्तक -३ जिन्दगीमा एक फेर गल्ति गरियो झुटो मायामा फसेर गल्ति गरियो आफ्नोपछि लाग्नेको वास्तै नगरी, तिम्रोपछि लागेर गल्ति गरियो । मुक्तक -४ लगाएको प्रेमको बोट गोडेर आएको थाहा पाएँ फेरि बीचमै अन्त मन मोडेर आएको थाहा पाएँ यसकारण तिमीसँग सम्बन्ध गाँस्न ठिक लागेन धेरै माया गर्ने मान्छे छोडेर आएको थाहा पाएँ । मुक्तक -५ बाध्यता उस्तै पर्यो दिमाग पनि कम भो नचाहँदा नचाहँदै सानैमा घरजम भो माया प्रेमको मिठो अनुभव गर्नै पाइएन पैँसा भन्दा भन्दा जिन्दगी खतम भो। बझाङ्ग, नेपाल । हाल : बैगलोर भारत । (दिनेश धामीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - १०:३९:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend