Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

तिम्रै घरको बाटो हुँदै झरिरहन मन लाग्छ -मिलन समीर (५ मुक्तकहरू)

तिम्रै घरको बाटो हुँदै झरिरहन मन लाग्छ -मिलन समीर (५ मुक्तकहरू)

images
मुक्तक - १ तिम्रै घरको बाटो हुँदै झरिरहन मन लाग्छ सधैं तिम्रो नजरसामु परिरहन मन लाग्छ आँखा बन्द गर्न लगाई चुमेकिथ्यौ कुनै बेला त्यसैले त आँखा चिम्म गरिरहन मन लाग्छ । मुक्तक - २ सँगै रुने, सँगै हाँस्ने मन छ मेरो हजुरसँगै जिन्दगीको पेवा मास्ने मन छ मेरो हजुरसँगै मन-मुटु मिलाएर रगत होइन भावनाको अजम्बरी नाता गाँस्ने मन छ मेरो हजुरसँगै । मुक्तक -३ तिम्रो तस्विर आँखामा छ, आँसुसँगै झर्नेछैन मेरो कसम ! जिन्दगीमा तिमीलाई रुन पर्नेछैन यति धेरै माया मैले गरेको छु तिमीलाई मै मरुँला तर मेरो माया कहिल्यै मर्नेछैन। मुक्तक -४ तिम्रो सुन्दर तस्वीर मेरो मुटुभित्र गढेको छ तिमीलाई आफ्नो बनाउने चाहना झन् बढेको छ मेरो भन्नू सर्वस्व तिमीनै हौ त्यसैले त मैले हेर्ने संसार तिम्रै आँखाभित्र अडेको छ । मुक्तक - ५ कहिले एक्लै रुवाउँछ, कहिले एक्लै हसाउँछ यस्तै-यस्तै गरी मलाई सधैंभरि सताउँछ यही सोचेर चित्त बुझाई बाँचेको छु जिन्दगीमा तिमी कहिल्यै आउँदिनौ तर तिम्रो याद आउँछ । करादीखोला , स्याङ्जा । (मिलन समीरका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार - १०:५०:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend