Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेविसंघकी पूर्व नेतृ तथा सामाजिक अभियन्ता पार्वती अधिकारीको अष्ट्रियामा निधन

नेविसंघकी पूर्व नेतृ तथा सामाजिक अभियन्ता पार्वती अधिकारीको अष्ट्रियामा निधन

नेप्लिज डायस्पोरा

१४, माघ २०७६
images
  काठमाडौं । नेपाल विद्यार्थी संघकी पूर्व नेतृ तथा अष्ट्रियाको नेपाली समाजमा सक्रिय सामाजिक अभियन्ता पार्वती अधिकारीको ४४ बर्षको उमेरमा अष्ट्रियामा नै असामयिक निधन भएको छ । बिगत केहि बर्षदेखि क्यान्सरसंग लड्दै आएकी अधिकारीको क्यान्सर कै कारण निधन भएको नेपालमा रहेका पार्बतीका भतिज डाक्टर अच्युत अधिकारीले जानकारी दिएका छन् । अष्ट्रियाको नेपाली समाजमा उल्लेख्य काम गरेकी अधिकारीको निधनबाट अष्ट्रियाको नेपाली समाज शोकमा डुबेको छ । अष्ट्रियामा जर्मनी भाषामा उच्च शिक्षा हासिल गरेकी अधिकारीले वोकु विश्वविद्यालयमा वायो टेक्नोलोजीमा पनि स्नातकोत्तर गरेकी थिइन् । उनले, श्रीमान अरुण शर्मा र नेपालीहरूले बिषेश पहल गरेपछि युराेपमै पहिलो पटक माध्यमिक तहसम्म नेपाली भाषा पढाउन अष्ट्रिया सरकारले मान्यता दिएकाे थियाे । आफ्नै नेतृत्वमा आफु बस्ने क्षेत्रको एउटा माध्यमिक बिद्यालयमा नेपाली भाषालाई बिद्यालय कोर्समा राख्न लगाएर आफैले पढाउन गरेको पार्वतीको त्याग र योगदानको अहिले अष्ट्रियामा सम्झना भईरहेको छ । "दिदिले नेपालबाट नेपाली भाषाका धेरै नै किताबहरु मगाउनु भयो । हामीले पठाईदिएका थियौं ।" अर्का भतिज संचारकर्मी तथा लोक दोहोरी गायक अमृत अधिकारीले नेप्लिज डायस्पोरासंग भने । अधिकारीले नेपालमा रहँदापनि पाल्पा तानसेनको त्रिभुवन वहुमुखी क्याम्पस र जनता उच्च माविमा विज्ञान संकायमा अध्यापन गराएकी थिइन् । स्वर्गीय पार्वती अधिकारी काठमाडौंको स्वयम्भूमा घर भइ हाल अष्ट्रियामा श्रीमान् र दुई छोरा अनुपम र आयुषसंग बस्दै आएकी थिइन् । अधिकारीको अन्त्यष्टि अष्ट्रियामा नै माघ १७ गते गर्ने तयारी छ । नेपालमा हुँदा पार्वती त्रिभुवन बहुमखी क्याम्पस तानसेन पाल्पामा २०५५ देखि ५७ सम्म उनी स्ववियूको कोषाध्यक्ष समेत भएकी थिइन् । २०३२ सालमा पाल्पाको रामपुर १० गेझामा जन्मिएकी अधिकारीपाँच दाजुभाइ र ३ दिदीबहिनीमध्येकी एक हुन् । पार्बती अधिकारी नेपाली कांग्रेस पाल्पाका पुर्ब उपसभापती कृष्णप्रसाद अधिकारीकी कान्छि वहिनी हुन | पाल्पाको तानसेनमा रहेको मुक्तिनाथ एफएममा पनि विज्ञान संसार कार्यक्रमको उत्पादक तथा प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् । बिभिन्न सामाजिक संघ संस्थामा रहेर पनि उनले काम गरेकी थिइन् । “उनलाई मैले चिन्दा असाध्यै मेहनती, राजनीतिक परिपक्वता पाएको थिएँ,” त्यसबेलाका स्ववियू सचिव तथा नेपाल हेलिकप्टर एशोसियसनका महासचिव योगराज कँडेलले भने, “राजनीतिक परिवारबाट आएको हुनाले पनि उनमा त्यो स्वभाव थियो ।” उनी एक इमान्दार र क्षमतावान त थिइन् नै त्यतिमात्रै नभएर आफ्नो जिम्मेवारी टुंगोमा पुर्‍याएरै छाड्ने स्वभाव उनको रहेको कँडेल स्मरण गरे ।

images
प्रकाशित मिति :माघ १४, २०७६ मंगलवार - ०९:०३:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend