Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको बाल्टिमोरमा नेपाल भ्रमण बर्षको बारेमा भब्य कार्यक्रम

अमेरिकाको बाल्टिमोरमा नेपाल भ्रमण बर्षको बारेमा भब्य कार्यक्रम

नेप्लिज डायस्पोरा

१६, माघ २०७६
images
  बाल्टिमोर, अमेरिका । एनआरएनए अमेरिका मेरिल्याण्डको आयोजनामा भिजिट नेपाल २०२० लाई कसरी सफल बनाउने भन्ने बिषयमा व्यापक छलफल भएको छ । कार्यक्रममा बोल्दै नेपाल भ्रमण वर्ष २०२० का सदस्य सचिव बच्चु नारायण श्रेष्ठले भ्रमण बर्ष सफल बनाउन गैर आवासीय नेपालीहरुको महत्वपूर्ण भूमिका रहने विचार ब्यक्त गरे । उनले भने, "हामीसंग तमाम समस्या र अफ्ठ्याराहरु छन् । यो जान्दाजान्दै पनि हामी पूर्ण सफल हुने योजनाका साथ अगाडी बढेका हौँ ।" नेपाललाई नेपाल कै रुपमा बुझेर अगाडी बढ्नु पर्ने आजको आवश्यकता भएको उनको भनाई थियो । उनले भने "यो बेलामा आफ्नो देशलाई अरु देशसंग तुलना गरेर नबस्नुहोस ।" सदस्य सचिव श्रेष्ठले २०२० को अन्तिमसम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे। उनले नेपाल सरकार र गैरआबासीय नेपाली संघबीच १७ बुँदे सहमति भएको भन्दै विदेशमा बस्ने सबै नेपालीलाई यो बर्ष एक पटक नेपाल आउन निम्ता गरे। मेरिल्याण्डको बाल्टिमोरमा रहेको बम्बे नाईट्स रेष्टुरेन्टमा भएको कार्यक्रममा यहाका सयौं नेपाली ब्यबसायी, समाजसेवी र बुद्धिजीवीहरुको सहभागिता थियो । कार्यक्रममा बोल्दै अमेरिकाको भ्रमणमा रहेका दोस्रो संबिधान सभाका सभासद रामकृष्ण घिमिरेले नेपाल भ्रमण बर्ष सिंगो नेपाल र नेपालीको गौरबको कार्यक्रम भएको बताउदै विदेश बस्ने नेपालीको सहभागिताले मात्र यो सार्थक बिन्दुमा पुग्ने विश्वास ब्यक्त गरे । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल अमेरिका च्याम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले अमेरिकामा बस्ने नेपालीका हरेक प्रतिक्रिया सुनेर कार्यान्वयन गर्ने उद्देश्यका साथ आफुहरु अमेरिका आएको बताए । उनले अमेरिकी पर्यटकको मन जित्नका लागि अमेरिकन टुर अपरेटर र नेपाली अपरेटरबीच सुमधुर सम्बन्ध कायम गर्न अमेरिकन राजदूतावाससँग कुराकानी भैरहेको जानकारी गराए। एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजिवी पन्तले आफुहरुले एउटा छुट्टै समिति बनाएर भ्रमण बर्षलाइ सहयोग पुग्ने कार्यक्रमहरु बनाईरहेको बताए । "अमेरिकाबाट के गर्नुपर्छ हामी तयार छौं ।" उपाध्यक्ष पन्तले भने । कार्यक्रममा बोल्दै ब्यबसायी कृष घिमिरेले पर्यटकहरुले न्यानो आतिथ्यता खोज्ने भएकोले विमानस्थललाई ब्यबस्थित गर्न सुझाब दिए । एनआरएन आईसीसी संस्थापक उपाध्यक्ष श्याम कार्की, सचिवालय सदस्य गोपाल अधिकारी, एनआरएनए आईसिसी सदस्य जेदु पोख्रेल, राप्रपा सहमहामन्त्री प्रेम श्रेष्ठ लगायतले बिबिध सुझाव दिएका थिए। ‘साथी बाल्टिमोरका’ रमेश भट्ट नेपाली छोरोले भने, "हरेक नेपालीले स्वघोषित पर्यटनदुत बनेर यो कार्यक्रममा सहयोग गर्नुपर्छ र गर्छौं ।" कार्यक्रममा एनआरएन अमेरिकाका केन्द्रीय सदस्य धरम बिक, बानाका अध्यक्ष सुबोध विलास पन्त, मेरिल्यान्ड़का पुर्ब पर्यटन ज्ञानु रिमाल, भर्जिनिया शाखाका अध्यक्ष कृष्ण सादगी, सल्लाहकारहरु बिजय श्रेष्ठ, तरुण पौडेल, सुभाष घिमिरे, सालीक वाग्लेकासाथै चितवन समाज अमेरिकाका अध्यक्ष आनन्दकृष्ण घिमिरे, समाजसेवीहरु कुल आचार्य, अनु श्रेष्ठ वन्त, उत्तम गौली, रामचन्द्र अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए। अन्तरक्रिया कार्यक्रमका सूत्राधार समेत रहेका बाल्टिमोरका सफल ब्यबसायी तथा समाजसेवी बिनोद उप्रेतीले भ्रमण बर्ष नेपाल सरकारले अघि सारेको हरेक नेपालीको आफ्नै कार्यक्रम हो भन्दै यसलाई जसरी पनि सफल बनाउन आफुहरु लागिपर्ने बताए । मेरिल्यान्ड च्याप्टरको वर्तमान कार्यसमितिले कार्यभार सम्हाल्ने बित्तिकै उपाध्यक्ष राजु पराजुलिको संयोजकत्वमा नेपाल भ्रमण बर्ष बिशेष समिति नै गठन गरेको थियो । यो समिति मार्फत बाल्टिमोरमा बिबिध कार्यक्रम र पहल गरिसकेको च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले बताए । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै उपाध्यक्ष राजु पराजुलीले आफुले पर्यटन तथा आतिथ्यता क्षेत्रमा लामो अनुभव संगालेका कारण नेपाल सरकारको यो अभियानलाई दिलबाटै सहयोग गर्न मन लागेको बताए । "आफु पनि नेपाल जाऔं, अरुलाई पनि पठाऔं" भने नारा आफुले नै अगाडी सारेको बताउदै पराजुलीले भ्रमण बर्षका सदस्य सचिवले उक्त नारा मन पराईदिनु भन्दै कार्यक्रमपछी नेप्लिज डायस्पोरासंग खुशी साटे । कार्यक्रमको अध्यक्षता च्याप्टर सभापति डोलनाथ घिमिरेले गरेका थिए भने सचिव बिष्णु बरालले कार्यक्रम सन्चालन गरेका थिए।

images
प्रकाशित मिति :माघ १६, २०७६ बिहिवार - २२:२८:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend