Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

उपन्यासकार वाग्लेलाई कञ्चनपुरको पुनर्वासमा सम्मान गरिदै

उपन्यासकार वाग्लेलाई कञ्चनपुरको पुनर्वासमा सम्मान गरिदै

नेप्लिज डायस्पोरा

२०, माघ २०७६
images
कञ्चनपुर , माघ २० सीमा क्षेत्रका जनाताहरुको दु:ख पीडा समेटेको उपन्यास “पुनर्वास” का लेखक सर्वज्ञ वाग्लेलाई शुक्रबार नागरिक स्तरबाट कञ्चनपुरको पुनर्वासमा सम्मान गरिने भएको छ । नेपाल-भारत सीमा अतिक्रमण र नेपाली नागरिक माथी हुँदै आएको अभद्र ब्यबहारका घटनाहरुमा केन्द्रित “पुनर्वास” उपन्यास लेखेर संसारभर कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वासलाई चिनाउने पहल गरेकाले स्रष्टा वाग्लेलाई कञ्चनपुरको पुनर्वासमा माघ २४ गते शुक्रबार नागरिकका तर्फबाट सम्मान गर्न लागिएको आयोजक संस्था ग्रामिण जागरण बिकास संघ नेपाल (राडा नेपाल) का अध्यक्ष राजेन्द्र सिंह धामीले बताए । भारतीय पक्षबाट हुँदै आएका सीमा अतिक्रमण र नागरिकहरुका ब्यथाहरुमा आधारित उपन्यास लेखेर पुनर्वास लगायत देशभरकै सवाल उजागर गरेकाले उपन्यासकार वाग्लेलाई सम्मान गरिन लागेको आयोजक संस्थाका अध्यक्ष धामीले बताए । सोही कार्यक्रममा सीमा रक्षाका क्रममा शहादत प्राप्त गरेका सहिद गोबिन्द गौतमका बुबा आमालाई समेत सम्मान गरिने धामीले बताए । उक्त कार्यक्रममा बढी भन्दा बढीको सहभागिताको लागि पुनर्वासी संग अपिल समेत राडा नेपालका अध्यक्ष धामीले गरे ।

images
प्रकाशित मिति :माघ २०, २०७६ सोमवार - ११:२६:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend