Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

उनी मुस्कुराइरहिन् (लघुकथा) -उद्धवप्रसाद प्याकुरेल

उनी मुस्कुराइरहिन् (लघुकथा) -उद्धवप्रसाद प्याकुरेल

नेप्लिज डायस्पोरा

४, फाल्गुण २०७६
images
  "मतलव याे हैन कि म तिमीलाई मन पराउँदिन ।" मैले उनीतिर हेर्दै वनावटी मुस्कानमा भनेँ । "म पत्याउँ कसरी ।" उनकाे भनाइमा विद्राेह थियाे । " नपत्यउनु पर्ने कुरै छैन नत्र तिम्राे नाम किन अगाडि सार्थेँ ?" मैले सान्वना दिने प्रयास गरेँ । " मबाट के चाहन्छाै तिमी ?" उनकाे प्रश्नमा शंका देखियाे । "तिम्राे शरीर हिलाम्य र दुर्गन्धित् भएकाे छ, त्याे म देख्न सक्तिन । तिमीलाई पहिलाकै स्वरूपमा फर्काउनु छ । हाे म यही चाहन्छु ।" मेराे उत्तरमा सद्भाव थियाे । " मित्थ्या, जाे मेराे साथमा छ उसलाई त वास्ता छैन तिमी त पूर्व छिमेकी । कसरी सम्भव छ ?" उनकाे मनमा अविश्वासकाे घेराे अझै मेटिएन । "तिमीलाई याद छ ? तिम्राे नामकाे अस्तित्व मेटिँदै थियाे मैले नै खबरदारी गरेर पुन: बिउँताएँ । तिम्राे नाम अझै ठुलाे क्षेत्रमा विस्तार भएकाे छ । अब त याे पनि सत्य हाे कि हामी एउटै परिवार भैसक्याै, अब त विश्वास गर ।" मैले फकाउने प्रयास गरे । " यस कुरामा तिमीलाई धन्यवाद तर कुनै स्वार्थबिना तिमीले यसाे गर्न सकेनाैं !" उनले कारण खाेजिन् । कुरा मिलिसक्याे अब किन लुकाउने ? मैले भनिदिएँ, "तिम्राे राजधानी मेराे राजधानीमा मिलाउनु थियाे ।" "तिमी त बहुतै चलाख रहेछाै । बहुमतलाई उल्लु बनायाैं हैन ? कसरी विश्वास गरुँ ? मेराे नाम अनन्तसम्म रहन्छ भनेर ?" " विज्ञानकाे जमाना र पश्चिमी प्रभाव बढ्दाे छ , त्याे त भविष्यले बताउला ।" "मूर्ख" भन्दै वाग्मती बाेलिन् तर पनि किन हाे ? मलाई हेरेर उनी मुस्कुराइरहिन् । - सानाेठिमी भक्तपुर । (उद्धवप्रसाद प्याकुरेलको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :फाल्गुण ४, २०७६ आइतवार - १९:५७:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend