Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मिर्गौला प्रत्यारोपणको लागि भर्ना हुनुअघि प्रधानमन्त्रीको भिडियो सन्देश

मिर्गौला प्रत्यारोपणको लागि भर्ना हुनुअघि प्रधानमन्त्रीको भिडियो सन्देश

नेप्लिज डायस्पोरा

१९, फाल्गुण २०७६
images
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर ढुक्क हुन आम नेपालीलाई आग्रह गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि भर्ना हुनुअघि एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले १२ वर्ष अघि आफ्नो मिर्गौला प्रत्यारोपण गरेको स्मरण गर्दै बुधबार फेरि पनि मिर्गौला प्रत्यारोपण गर्न लागेको बताए । उनले भने, “यस वर्षलाई समृद्धको आरम्भ वर्ष भनेका छौं । जसरी खेलका बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन । त्यसैगरी हाम्रा जागृत सपनालाई अलपत्र पारेर म अपनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन । म अजम्बरी हुनका लागि होइन । हाम्रा जागृत सपनालाई साकार पार्नका लागि पनु : एकपटक आग्रह गर्दछु । मेरो स्वास्थ्यलाई लिएर ढुक्क हुनुस् । म काममा फर्कने छु ।" विज्ञान , अत्याधुनिक प्रविधिका कारण पहिलेभन्दा अहिलेको मृगौला प्रत्यारोप सजिलो हुने विश्वास प्रधानमन्त्रीको छ । उनले भने, "आशाको दियो बलिरह्यो भने, शान्ति प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई जगाएको छु । त्यसलाई ब्युँताउनका लागि मेरो नेतृत्वमा गत निर्वाचनमा तपाईंहरुले मलाई अघि सार्नुभयो ।" "कोरोना भाइरसले नयाँ समस्या होस् वा अन्य समस्यालाई समाधानका लागि मैले व्यवस्था मिलाएको छ । आवश्यक कामका लागि जिम्मेवार नेता र लाखौं पार्टी सदस्यहरु क्रियाशिल हुनहुनेछ । मेरो शिघ्र स्वास्थ्य कामना गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।" यस्तो छ भिडियो सन्देश https://youtu.be/QdB1RL6TNI8

images
प्रकाशित मिति :फाल्गुण १९, २०७६ सोमवार - ०७:१८:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend