२०, फाल्गुण २०७६
छन्द : झ्याउरे
कसैले तिमी, के बन्छौ भनी, सोधेमा मलाई
जवाफ मेरो, हुनेथ्यो उही, फोन हुँ जनाई
सबैको मन, मुटुमा हुन्थेँ, म प्यारो बनेर
सबेरदेखि, बेलुकीसम्म, हातमा राखेर ।।१।।
स्कूलबाट, म आउँदा पनि, गर्दैन क्यै वास्ता
भोकले मर्न, लागेमा दिए, बाहिरै त्यो नास्ता
चिसो थ्यो खाना, रुचेन अब, भएँछु बिरामी
फोनले गर्दा, छुटायो अब, काखको सिरानी ।। २।।
बाबा र आमा, झगडा सधैँ, फोनको निहुँमा
न खाँदा स्वाद, न मिठो हुन्छ, न नून तिहुँन्मा
झगडा सधैँ, कलह सधैँ, फोनले घरमा
ओखतीमूलो, गर्दिने कोही, भएन साथमा ।।३।।
सम्बन्ध टुट्यो, फोनले गर्दा, आमा र बाबाको
फैलियो रोग, सबैमा आज, फोनले आँखाको
विकृति बढ्यो, घरमा धेरै, यसैको कारण
हे ! दैव बरू, सन्तान सबै, बैकुण्ठ तारन ।।४।।
सन्तानभन्दा, प्यारो छ आज, फोनको भाँडो यो
न भोक तिर्खा, न हुन्छ निन्द्रा, सबैको प्यारो यो
खै कस्ले रोक्ला, विकृति अब, फोनले ल्याएको
कहिले छुट्ला, खै कुन्नि यस्तो, विकृति आएको ।।५।।
- झापा ।
( आस्था निरौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
गीतकार सतिश चापागाईंको मनछुने गीत
https://youtu.be/-nOYsZW0UEg
https://youtu.be/enSHw4h0vKU
प्रकाशित मिति :फाल्गुण २०, २०७६ मंगलवार -
२०:१८:२२ बजे