Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गायक अविनास घिसिङको गीतमा युक्रेनका कलाकार

गायक अविनास घिसिङको गीतमा युक्रेनका कलाकार

नेप्लिज डायस्पोरा

२५, फाल्गुण २०७६
images
  काठमाडौं । गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा अविनास घिसिङ, सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङ फिर्चड छन् । गीतको भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका हुन । गायक अविनास कै शब्द तथा संगीत रहेको गीतमा दुई युक्रेनी एक रसिया र एक इजरायल कलाकारहरु कोरशमा देखिएका छन् । नेपाली सेलो टन मा आधारित रहेको गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका छन् । गीतको भिडियोमा अविनास घिसिङ सुवानी मोक्तान र अराज केशवको स्वर रहेको छ । क्याटमाण्डौ इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा मोहित मुनालको ध्वनी संयोजन तथा सुप्रिम पराजुलीले सम्पादन रहेको छ । यसअघि गायक घिसिङको ‘लाइसेन्स ठेक्का’ दर्शकले एकदमै रुचाएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७६ आइतवार - ०८:३२:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend